भद्रपुर, झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरे ।
यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो ।













