चितवन । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् ।
गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।













