२३ फाल्गुन २०८२, शनिबार

चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने विजयी


रवि लामिछाने

चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेर विजयी भएका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा लामिछानेले ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलले जानकारी दिए ।

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ८७ हजार २ सय २१ तत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !