काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहे ।













