काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन् । विष्टले ३७ हजार ४६९ मतसहित विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।













