काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो ।
दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगो नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन । आगालगी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन।













