१७ फाल्गुन २०८२, आइतबार

ट्रम्पको दाबी : इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिए


ट्रम्पको दाबी : इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिए

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दावी गरेका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् ।

उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।
यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् ।

यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ ।

उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् । इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !