२८ फाल्गुन २०८२, बिहिबार

प्रधानमन्त्रीद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखबीच छलफल


ओमप्रकाश अर्याल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा करिब २ घण्टा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था, आगामी निर्वाचनको तयारी लगाएको विषयमा छलफल भएको जनाइएको छ।

बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्रीले ब्रिफिङ लिइएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !