९ चैत्र २०८२, सोमबार

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो


गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो

पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो ।

अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो । आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

मंगलबार प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !