९ चैत्र २०८२, सोमबार

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल


राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल

काठमाडौं । महानायक राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदाको नाश नगर्न अपील गरेका छन् । हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरु प्रत्येक नेपालीको भएको बताए ।

साथै उनले युवाहरूको आक्रोश ५ वर्षको मात्रै नभएको समेत बताए । वर्षौंदेखिको आक्रोश आज पोखिएको उनले बताए । साथै सामाजिक सञ्जाल ब्याण्ड त बहाना मात्रै भएको हमालको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !