२८ श्रावण २०८३, बिहिबार

१३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ। आज सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया छन्। त्यस्तै राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा सिफारिसमा परेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !