१७ जेष्ठ २०८३, आइतबार

संसद सञ्चालन नियामावली भोलि सर्वसम्मतीबाटै पारित हुन्छ : सभापति पोखरेल


krishna bhakta pokhrel

२० जेठ, काठमाडौं । नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै सर्वसम्मतीमा नियामावली पारित गर्ने विश्वास दिलाए ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद पोखरेलले संसद सञ्चालन नियामावली आन्तरिक कार्यविधि भएकोले यसलाई भोटिङ्मा लैजानुभन्दापनि सर्वसम्मतीबाटै पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘नियामाली पारित गराउनेबारे मैले प्रतिनिधि सभाका सभामुखज्यूलाई भेटेको छु, भोलि वा पर्सीसम्म सर्वसम्मतीमै नियामावली पारित हुन्छ।’

उनले सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷०७६ को बजेट मुलुकको आर्थिक समृद्धिको पक्षमा रहेकोले स्पष्ट पारे । बजेटले रोजगारीको सुनिश्चितता् गरेको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुको बारेमा सुश्चितता गरेको बताउँदै पोखरेलले बजेट सबैको साझा बनेको जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !