२७ बैशाख २०८३, आइतबार

काँग्रेसका पुराना नेता जोशीको निधन


निधन

२० जेठ, धनगढी । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

आन्दोलनका क्रममा उहाँले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताउनुभएको थियो । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उहाँका छोरा सूर्यप्रकाश जोशीले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !