१९ बैशाख २०८३, शनिबार

ललितपुरको चागाथलीबाट बृद्धा महिला हराएको सूचना


नेत्र कुमारी लिम्बू

ललितपुर । ललितपुरको चागाथलीबाट एक जना बृद्धा महिला हराएकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथली चोकबाट ६७ वर्षीया बृद्धा नेत्र कुमारी लिम्बू हराएकी हुन् ।

तेह्रथुम जिल्ला स्थायी ठेगाना भई ललितपुरको चागाथलीमा बस्दै आएकी नेत्र कुमारी गत जेठ ३० गते मंगलबारका दिन बिहान ११ बजेदेखि हराएकी हुन् । उनको उचाई ५ फिट २ इन्च रहेको छ भने उनले ढाकाको मजेत्रो र लुंगी पटुकी लगाएकी छन् ।

स्पष्ट बोली नभएकी निज नेत्र कुमारीलाई कोही दाजुभाई, साथी, आफन्त जनहरुले देख्नु भेट्नु भएमा मोवाइल नम्वरहरु ९८१३१२०५५९ र ९८४९५६५८२६ मा सम्पर्क गरिदिन हुन वा चाहे नजिकैको प्रहरी चौकीमा खबर गरिदिन निजका आफन्तले अनुरोध गरेका छन् ।

नेत्र कुमारी लिम्बू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !