११ बैशाख २०८३, शुक्रबार

श्रीमतीलाई कोठीमा बेचेर सालीसँग बिहे गर्ने वली पक्राउ


पक्राउ

काठमाडौँ । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्रि गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई उक्त आरोपमा पक्राउ गरेको हो ।

१२ वर्षअघि निद्रा लाग्ने औषधी खुवाएर बेहोस बनाई आफुलाई दाङ हुँदै दिल्ली लगिएको पीडितको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । पछि दिल्लीमै होटल चलाउने एक नेपालीको सहयोगले आफु कोठीबाट बाहिर आएको उनले बताएकी छिन् ।

पक्राउ परेका वलीले भने आफुले श्रीमतीलाई बिक्रि गरेको नभई उनी दिल्लीमा हराएको बताएका छन् । आफुले पटक पटक खोजी गरेपनि नभेटेको उनको दाबी छ ।

पछि उनले साली नाता पर्ने युवतीसँग बिहे गरेका थिए । एक गैरसरकारी संस्थामा कार्यरत उनले प्रेम गरेर पीडितसँग विहे गरेकामा उनीहरुका दुई सन्तानसमेत छन् ।-दृष्टिबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु