१२ बैशाख २०८३, शनिबार

चोरी गरेको अभियोगमा दुई युवा पक्राउ


पक्राउ

दाङ । चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको हो । अर्का एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिका कोठाबाट दाङका चोकमणि गिरीको र दाङकै ममता डिसीको नामको राहदानीपनि बरामद भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु