३ जेष्ठ २०८३, आइतबार

बैंक अफ काठमाण्डूको सिइओमा श्रवणलाल मास्के नियुक्त


श्रवणलाल मास्के

काठमाडौँ । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । मिति २०७८ साल कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मास्केज्यूले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए ।

मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । सन् १९८५ मा श्री नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रवण लाल मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ जसले उनलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रवण लाल मास्केज्यूले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !