४ आश्विन २०८३, आइतबार

ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र गए, ओली गए तर अहिले पनि सत्ता गठबन्धनका शीर्ष नेताहरुवीच कुर्सीको खेल जारी रहेको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले रोजगारीको लागि भारत, खाडी पस्ने युवाहरूको लर्को जारी रहेको अवस्थामा सत्ता गठबन्धनका शीर्ष नेताहरुको कुर्सीको खेल जारी रहेको कटाक्ष गरेका हुन् ।

उनले अझै पनि कमिसन खोरको खेलो जारी रहेको तीतो यथार्थ ओकलेका छन् । उनले जयसिंह धामीको वेपत्ता जारी भएको बताउदै छिमेकीको हैकम जारी भन्दै भारतको पनि आलोचना गरेका छन् । आफू स्वयम् सत्ता गठबन्धनको एउटा पार्टीको शीर्ष नेता भईकन पनि उनले अहिलेको सरकारको बिरोध समेत गरेका छन् ।

यस्तै उनले छाउपडी र छोइछिटो जारी भनेर सामाजिक कुरीतिको रुपमा रहेको यस्ता विभेदको भण्डाफोर गरेका गरेका छन् । उनले मधेसी, थारू, जनजातिको पहिचानको खोजी र श्रमिकको चुलो खाली भएकोले देशमा अत: वैकल्पिक शक्तिको खोजी जारी रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसन खोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ!छोइछिटो जारी छ ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत:वैकल्पिक शक्तिको खोजी जारी छ !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु