३ जेष्ठ २०८३, आइतबार

जातीय छुवाछुत : करुणा विश्वकर्माले दिइन् घरबेटीविरुद्ध प्रहरीमा उजुरी


करुणा विश्वकर्मा

जातीय छुवाछुतका कारण कतिपय मानिसले धेरै पिडा भोगिरहेको पाइन्छ। गाउँ समाजमा मात्र नभई ठुला सहर राजधानी काठमाडौंमा पनि यो छुवाछुत कायमै रहेको छ। दिपा नेपालीले आफूले काठमाडौंमा भोग्नु परेको पिडा पोखेकी छन्।

विश्वप्रकाश शर्माको ‘ऐना’ कार्यक्रममा सहभागी नेपालीले आफूलाई घरबेटीले दलित भनेर कोठावाट निकालेको पिडा सुनाइन्। उनले आफूलाई पहिला कोठा दिएको र पछि बसिसकेपछि दलित थाहा पाएर एकै बिहानै आएर आफूहरुलाई कोठावाट निकालेको सुनाइन्।

उक्त कार्यक्रममा सहभागी करुणा विश्वकर्माले पनि आफूले भोगेको पिडा सुनाइन । उनले आफूले फ्ल्याइट खोज्दै जादा फ्ल्याइट दिए पनि पछि आफ्नो जात सोधेर ग्ल्याइट दिन सक्दैनौं भन्दै पैसा फिर्ता गरेको सुनाइन।
उनले आफूलाई पैसा फिर्ता दिएपछि तपाईहरुले म माथि ठुलो अपमान गर्नुभयो भन्दै पैसा नली प्रहरीमा उजुरी दिने भन्दै निस्किएको सुनाइन। उनले अहिले प्रहरीमा उजुरी दिएको सुनाइन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !