१३ आश्विन २०८३, मंगलबार

विवेकशील साझा पार्टी द्वारा राष्ट्रियसभा चुनावमा कांग्रेसलाई मत


bibekshil sajaa parti

१० माघ, काठमाण्डौ । माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई मत दिने भएको छ । प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।

‘अन्य दलले राष्ट्रिय सभाका लागि छानेका उम्मेदवार उदेक लाग्दा छन्, तीन नम्बरमा हाम्रो पनि भोट हुँदा कांग्रेसले १ सिट जित्ने देखिएपछि दुई पार्टीबीच छलफल भयो,’ विवेकशील साझाका एक नेताले भने, ‘हाम्रै प्रस्तावमा कांग्रेसले राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकाले कांग्रेसलाई भोट हाल्ने भएका हौं ।’

स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडेका थिए । स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जितेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु