२३ फाल्गुन २०८२, शनिबार

सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषद बैठक डाकेका ओली छिरे शिलतनिवास


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी File Photo

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास छिरेका छन् । आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक डाकेका ओली विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास छिरेका छन् ।

पार्टीको सचिवालय बैठक पनि आजै दिउँसो १ बजे डाकिएको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषद बैठक डाकेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ। गत शुक्रबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेलाई सचिवालय बैठक तय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !