१४ बैशाख २०८१, शुक्रबार

ओली र प्रचण्ड वीच वार्ता सकियो, पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्ने


prachanda_kp_oli

७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता गर्ने सहमति भएको छ ।

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा २ नेताबीच सोमबार गोप्य वार्ता भएको थियो । पार्टी एकता र सरकारमा सहभागितालगायतका विषयमा छलफल भएको र त्यसलाई पार्टी एकता संयोजन समितिको बैठकवाट पूर्णता दिइने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई नेतावीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !