२३ बैशाख २०८१, आइतबार

एमाले र माओवादी केन्द्र पार्टी एकताको लागि आन्तरिक छलफलमा


२४ पुस, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको तयारीमा आन्तरिक छलफल गर्न जुटेका छन् । सोमबार दिउसो एमालेले स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन् ।

दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !