१५ बैशाख २०८१, शनिबार

भारतसँगको सम्बन्ध कांग्रेसले विगारेको ओलीको आरोप


KP Oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भारतसँगको सम्बन्ध विगारेको आरोप लगाएका छन् । सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भारतसँग स्वाभिमानका साथ अगाडि बढ्नु पर्नेमा नेपाली कांग्रेसले अनावश्यक रुपमा भारतसँग घुँडा टेकेर लम्पसार परेको आरोप लगाए ।

उनले छिमेकीसँग वराबरीको सम्बन्ध राख्नुपर्नेमा जोड दिए ।

पूर्व गृहराज्यमन्त्रीसहित कांग्रेस विराटनगरका दुई प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । विराटनगरका पुराना नेता एवं कोइराला परिवारका विश्वासपात्रका रुपमा लिइएका उमेश गिरी र पूव गृहराज्यमन्त्री भीमराज राजवंशी सोमबार एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

विगतमा कांग्रेसका तर्फबाट निर्वाचितसमेत भएका गिरी एमाले प्रवेश गरेका हुन् । यस्तै राजवंशी भने २०६४ को संविधानसभा निर्वाचनमा मोरङबाट निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !