१४ बैशाख २०८१, शुक्रबार

मंसिर २१ गते ५ बजेदेखि पहिलो चरणको मतगणना हुने : निर्वाचन आयोग


दोस्रो चरणको निर्वाचन

१७ मंसिर, काठमाडौँ । पहिलो चरणको चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ।

मंसिर १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ।‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ।’सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन्।
सातादिन भित्र परिणाम आउँछ
‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ,’उनले भने। दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !