गोसाईंकुण्डबारे जान्नैपर्ने कुराहरु

नेपालको बागमती अन्न्चलको आठओटा जिल्ला मध्धेको रसुवा जिल्लाको स्याफ्रु गा वि स को वार्ड नं ५ मा अबस्थित यो कुण्ड समुन्द्र सतह बाट ४३८० मिटर अर्थात १४६०० फिट उचाइमा रहेको छ ।

कसरी भयो होला यस को उत्पत्ती ?

गोसाईंकुण्ड को उत्त्पत्ती सम्बन्ध मा बिभिन्न मान्यता हरु रहेका छन ।

शास्त्रीय मान्यता
श्री स्वस्थानी कथा लाइ आधार मानेर हेर्दा देबता र दानबहरु मिली मन्दराचल पर्बतको मदानी र बासुकी नागको नेती बनाई समुन्द्र मन्थन गरे। सुरुमा बहुमुल्य रत्न, हिरा माडिक्य हरु निस्कियो तर पछी एक्कासी धेरै खतरनाक शंशारै नष्ठ गर्ने खालको कालकुट नामक बिष निस्कियो। सबै दानब एबं देबता हरुमा त्राही त्राही भएपछी सबै डराई भगबान शिबको इस्तुती गर्न थाले ।

त्यसरी त्यो भयानक बिषको असर सबै तिर पर्ने देखेपछी अरु उपाय केही नभएर भगबान शिबले सो कालकुट नामक बिष सेबन गर्नु भयो। उक्त बिष भगबान शिब को कण्ठमा गई अड्कियो । जसको कारणले भगबान शिब लाई असह्य पीडा भयो। उक्त पीडा लाई मेट्नका लागी हिमालय पर्बत तिर लाग्दा पनि पीडा कम नभये पछी धर्म पर्बतको फेदीमा आफ्नो त्रीशुलले पहरा खोपी त्याहाँबाट पानी निकाली उक्त तीन धाराको पानी आफ्नो छातीमा पारी त्यहाँ शयन गर्नु भयो र आफ्नो पीडा लाई कम गर्नु भयो । यसरी उक्त त्रीशुल धारा बाट निस्केको पानी बाट गोसाईंकुण्डको उत्पती भएको भन्ने कुरा शास्त्र मा उल्लेख छ । यसरी कण्ठमा बिष बोकी निलो रङ्गको कण्ठ अर्थात बिषालु कण्ठ बनाएका हुनाले भगबान शिब लाई निलकण्ठ भनिएको हो ।

वैज्ञानिक दृस्टिकोण
पृथ्वीको बनोटलाइ हेर्ने हो भने करिव ६७ प्रतिशत पानी रहेको छ। उक्त पानी लामो समय सम्म कुनै गहिरो खाडल मा जम्न गएर ताल बन्ने गर्छ। उक्त ताल को अर्को शब्द कुण्ड हो । ताल बन्ने बिभिन्न कारणहरु छन। पहाडी भुभाग अथवा तराई भुभाग हरुमा बन्ने ताल भन्दा यो गोसाईंकुण्ड बनेको कारण चाहिँ अल्ली फरक रहेको छ । मेरो आफ्नो अध्ययन अनुसार हाल गोसाईंकुण्ड रहेको क्षेत्रमा धेरै बर्ष अगाडी ठुलो हिमनदी थियो । उक्त हिमनदी लामो समय सम्म रहिरहँदा गोसाईंकुण्ड आसपासको क्षेत्रमा धेरै गहिराई सम्म हिउँ वा बरफ जमेको थियो ।

जिरो डिग्री भन्दा कम तापक्रममा धेरै बर्ष सम्म जमिरहेको जमिन लाई पर्माफ्रस्ट भन्दछ। विश्वोमा बड्दो तापमान बृद्धीको कारणले गर्दा उक्त क्षेत्रको हिमनदिहरु बिस्तारै पग्लेर ताल बन्न थाले। अगाडी पट्टी हिमनदीले थुपारेको सेडिमेन्टका कारण पानिको निकास कम भई तालको रुपमा बिकाश भयो। तर तेती धेरै उचाई मा ढुङ्गै ढुङ्गा को पहाड बाट निरन्तर पानी कसरी आयो भन्ने प्रश्न सबै को लागी बिचारणीय प्रश्न हो ।

यसको बिषयमा भुगर्ब शास्त्री हरुको अध्ययन र मेरो ब्यक्तिगत अध्ययन ले के देखाउँछ भने लामो समय सम्म हिम नदी र हिमताल रहेको उक्त क्षेत्रको गहिराई सम्म जमेर रहेको हिउँ छ । त्यस मध्य पनि यो कुण्ड करिब चार महिना बरफमा परिणत हुन्छ। त्यसको वरिपरीको भुभाग पुरै हिउँले ढाक्ने गर्दछ। किनकी जाडो समयमा यस क्षेत्रको तापक्रम माइनस छ (-६ ) देखी माइनस बाह्र्(-१२) डिग्री सेन्टिग्रेड सम्म रहन्छ ।  तर पानी जम्नको लागी चाँहिने न्युनतम तापक्रम भने जिरो डिग्री हो। बाँकी ८ महिना यो पुरै पानी युक्त ताल को रुममा रहन्छ ।

यसको वरिपरीको चट्टानी पहाड भित्र जमेर रहेको हिउँ बाहिरी ताप र आन्तरिक चापका कारण पग्लिएर चट्टानी भ्रम्श वा चिराहरुबाट बाहिर निस्किरहेको छ । तिन ओटा धारा नै किन भए त भन्ने प्रश्न पनि धेरै उठेको छ। यसको सन्दर्भमा भन्नुपर्दा चट्टानी पहाड भित्र तेस्ता चिरा व भ्रम्शहरु धेरै हुन्छन । ती सबै भ्रम्शहरुबाट पानी बग्दै मुख्य भ्रम्शमा जम्मा हुन्छ र जुन भ्रम्श बाहिर सम्म निस्केको छ तेही बाट पानी बाहिर आउँछ । यसरी गोसाईंकुण्ड मा निरन्तर पानी आईरहन्छ ।

गोसाईंकुण्ड को प्राकृतिक तथा साँस्कृतिक महत्व ठुलो रहेको छ । यसको प्राकृतिक स्वरुप्, भु-बनोट, हावापानी, स्वच्छता, अनि त्यो बिराट स्वरुप देख्दा लाग्छ यदी श्वर्ग कतै छ भने यहिँ छ । जिवन बाँच्नका लागी हो भन्नेहरु र जिवन जिउनका लागी हो भन्नेहरुमा भिन्नता पाईन्छ। जिवन जिउनको लागी हो भने यस ले सिकाउँछ जिवन जिउने कला ।  यहाँको पैदल यात्राको क्रममा मनमोहा हिमालहरु मुसुक्क हाँसिरहन्छन। यसरी देखिने हिमालहरुमा अन्नपुर्ण दोस्रो (७९३७ मि), हिमचुली (७८६४ मि),  मनास्लु(८१५९ मि), गणेश हिमाल (७४०० मि), लाङटाङ लिरु (७२४६ मि) प्रमुख रुपमा रहेका छन ।

गोसाईंकुण्डको यात्रामा अर्को बिषेशता हो रङ्गी चङ्गी साना साना फुल हरु। यि फुलहरु असार श्रावन मा फुल्ने गर्दछन । यात्राका क्रममा उकालो लाग्दा यि फुलहरुका बास्ना अलि फरक हुने र केही मानिस हरुका लागी प्रतिकुल रहन्छ। जसले गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाक वाक लाग्ने आदी हुन्छ। जती माथी गयो तेती अक्सिजन को मात्रा कम हुने र ति समस्या हरु देखिँदा स्वाशप्रश्वासमा समस्या देखिन सक्छ। जस लाइ लेक लाग्ने भन्दछ ।

प्रतिकृया दिनुहोस्