१४ बैशाख २०८१, शुक्रबार

भ्रष्टाचार बिरोधी अभियन्ता सांसद रामवीर मानन्धरसंग विशेष अन्तर्वार्ता


भ्रष्टाचारको संरक्षण गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ-सांसद रामवीर मानन्धर रामवीर मानन्धर

असोज १, २०७४, काठमाडौँ ।  नेकपा एमालेको तर्फबाट काठमाडौँ-७ बाट प्रत्यक्ष निर्वाचित सांसद रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । पछिल्लो समयमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा खुलेर आफ्नो आवाज बाहिर ल्याएर चर्चामा हुनुहुन्छ । यो सरकार भ्रष्टाचारीहरुको अड्डा भएको र नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा भएको अनियमितताको बारेमा क्याबिनेटवाट कारवाही नभएमा भ्रष्टाचारको संरक्षण गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बुलन्द आवाज उठाउदै आउनु भएको छ । नेपालको समसामयिक राजनीति, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र यस पछाडीका शृखलाहरुमा केन्द्रित रहेर नेपालपत्रले गरेको कुराकानी ।

१. तपाईं नेकपा एमालेमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता, राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । स्वाभिमानी भई शिर ठाडो गरेर बाँच्न कतिको गार्हो रहेछ हाम्रो जस्तो देश नेपालमा ?

अब कुरा यस्तो हो की अहिलेको राजनीतिक परिवेश र ७० बर्षको ईतिहासमा हामीले एउटा संबिधान जारी गर्न सफल भएका छौ । त्यसमध्ये पनि अहिले सरकारको परिस्थितिले हेर्दा हामीले धेरै कुराहरु जोगाएर कुरा गर्नुपर्ने स्थिति छ । संसोधन प्रस्ताब पनि असफल भईसकेपछि त्यसको महत्वलाई दर्शाउनको लागि भारत गएर हाम्रो देशको प्रधानमन्त्री के भन्नुभयो त भन्दा फेरि पनि म सबिधान संसोधनको प्रस्ताब ल्याउछु भन्ने कुरामा हामीले एउटा राजनीतक रुपले बुझ्नुपर्ने कुरा के हो भने अलिकति भावनात्मक कुराहरु पनि छन् र मुलुकको भबिष्यसँग जोडिएको कुराहरु छन् । त्यसकारण म के भन्छु भने यस्तो परिवेशमा हामी जस्तो एउटा साधारण कार्यकर्ता, जनतासँग भिजेर जनताको मन जितेर आउने सांसदहरुको लागि पनि यो चुनौतीको बिषय पनि हो र यसलाई हामीले सामना पनि गर्नुपर्ने दिनहरु पनि छन् र राजनीतिक संस्कारलाई पनि हामीले सुरक्षित गर्नको लागि हामी जस्तो एउटा निडर भएर लाग्नुपर्ने स्थिति देखेको छु । स्वाभिमानी, निडर भई शिर ठाडो गरेर बाँच्न केहि गार्हो भएतापनि नसकिने भने होइन ।

२. नेपाल आयल निगमले पेट्रोलियम भण्डारणका लागि खरिद गरेको जग्गाको अनुगमन गरेर केहि हप्ता अघि काठमाडौं र्फकनुभयो, अनुगमनपछी के के कुराहरु पत्ता लाग्यो ?

अनुगमन पछाडी पत्ता लागेको कुरा भनेको सबैभन्दा जग्गाको चाहिँ जुन मूल्यांकन छ, त्यो कमसल जग्गाको बढी मूल्यांकन गरेर पैसा राखेको छ । त्यसमध्ये १/२ लाख रुपैयाँ फरक पाएको भए त हामी केहि पनि बोल्ने थिएनौ किनभने एक डेढ लाख मान्छेले मिहिनेत गरेको त्यसको परिश्रमको रुपमा हुनसक्छ । तर डेढ दुई  लाख खरिद गरेको १३ लाख ५१ हजार, ९ लाख ६१ हजार, १५ लाख, १९ लाखसम्म खरिद जुन चाहिँ खरिद प्रक्रिया छ । यसमा जुन भाउँको आधार हामीले हेर्दा धेरै फरक देखिएको छ । यो एउटा भ्रष्टाचारको स्वरूप र नमुना हो । यो सबैभन्दा पहिलो कुरा हो र त्यहाँका जनताले मैले यति भन्दा लिएकै छैन भन्ने त्यहाँका आवाजहरु हामीले ल्याएका छौ । सस्तो र न्युनतम मूल्य पर्ने जग्गा लागि धेरै मूल्य तिरेर एउटा टिम ओर्क गरेर  त्यो जग्गा खरिदमा समाबेस भएको हामीले पायौ ।

३. नेपाल आयल निगमको समग्र जग्गा खरिदमा कति भ्रष्टाचार भएको देखिन्छ ?

नेपाल आयल निगमले जम्मा २०० करोडको जग्गा खरिद गरेको छ । समग्र जग्गाको हिसाब किताब जोड्ने हो भने ५० करोड भन्दा बढीको जग्गाको मूल्य त पर्दै पर्दैन । त्यसकारण १५० करोड भन्दा बढी चाहिँ घोटाला भएको जस्तो हामीले महसुस गरेका छौ र त्यो जनताको आवाजसँग जोडेर भनेका छौ । जनताले हामीले यति बाहेक पाएका नै छैनौ । जम्मा ५ लाख भन्दा बढी जग्गाको भाउँ नै पाएको छैन भनेर भनेको छ । यहाँ भाउको मैले अघि नै भनिसके १३ लाख ५१ हजार, ९ लाख ६१ हजार, १५ लाख, १९ लाखसम्मको जग्गा खरिद गरेको कारणले गर्दा यसमा चाहिँ सबैभन्दा घोटालाको प्रचलनमा जोडिएको छ ।

४. नेपाल आयल निगमको जग्गा खरिदमा विचौलियाहारुले कसरी ठगी गरेका रहेछन् त ?

बिचौलियासम्म त म जान्न । टिम ओर्क गर्न जुन सरकारकै प्रतिनिधिहरु मिलेको छ नि, जस्तै कि मन्त्रालय नमिलेको भए आयल निगम नमिलेको भए त्यहाँ जग्गाको खरिदकर्ताहरु जग्गाको काम कारबाही गर्नेहरु मालपोत, त्यसपछि तल आएर सचिबहरुले चाहिँ जति पनि त्यो प्रक्रियालाई मिलाउने प्रयास गरेको छ नि । यो सबैको एउटा न एउटा हाँगाबिँगा जोडिएको छ । त्यो जरादेखि लिएर शीर मन्त्रीसम्म छ भन्ने आशंका जन्माएको छ किनभने यो नमिलीकन वीचको दलालले मात्र एउटा बिचौलियालाई मात्र गर्ने कुरा हैन । त्यसकारण यो सबैमा चलेको चाहिँ हामीलाई महसुस भएको छ ।

रामवीर मानन्धर

५. नेपाल आयल निगमको जग्गा खरिदमा विचौलिया बाहेक अरु कस-कसको संलग्नता देखिन्छ ?

अब यसमा चाहिँ सबैभन्दा टाउको मन्त्रालयको पुर्व मन्त्री छ त्यसमा । त्यसपछि आएर आयल निगमले जुन एउटा योजनाबद्ध ढंगले एउटा जग्गा जमिन प्रकरणमा ल्याउने कुरा गर्यो । नपत्याए त्यहाँ चाहिँ टेण्डर रद्ध गरेका मान्छेहरुलाई सोधियो भने पनि यसलाई भ्याउछ त्यसकारण यो मन्त्रालय, आयल निगमसंग टिम ओर्क गरेका बिचौलियाहरु र यो मालपोत कार्यालयदेखि लिएर जग्गाको त्यो सिफारिस गर्ने चाहिँ तलको सचिबसम्म यसमा मिलेमतो छ ।

 ६. नेपाल आयल निगमले कहाँ-कहाँ बदमासी गरेको देखियो त ?

४ वटा ठाउँमा खरिद गरिएको जग्गामा नै बदमासी गरेको छ । त्यसमध्येको चितवन र रुपन्देहीको कुरा गर्ने हो भने खोलाको बगर नै खरिद गरिएको छ । चितवन बगर बाहेक अरु केहि पनि छैन । सर्लाहीको कुरा गर्ने हो भने जंगलको फेद नजिक खरिद गरेको छ । अझ सार्कीको जग्गा कति मिचेको छ । त्यो सार्कीलाई प्रमाणित गरिएको छैन । जुन झापामा खरिद गरिएको छ, त्यो जग्गा भनेको कहाँ हो भन्दा पुर्व-पश्चिम रेलमार्गमा परेको जग्गा परेको छ । त्यसकारण मलाई यो जग्गाको खरीद गर्दा त्यहाँ के कति फाइदा हुन्छ भन्ने कुराहरुसँग जोडिएको कुराहरु जस्तो लाग्छ ।

७. जग्गा खरिद प्रकरणमा अनियमितता भएको पुर्व मन्त्री अहिले फेरि हुनु भएको छ । यसले नेपाली राजनीतिक संस्कार र राजनीतिक दलहरु कसरी चल्छन् भन्ने देखाउछ । यसलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

यसलाई मेरो मुल्यांकन यसरी छ, हेर्नुस । तपाईले अहिले पनि सुन्नुभयो होला ९/१० दिन भयो होला, एउटा काठमाडौँ राजधानीको दरबारमार्गमा त्यहाँ अहिले जुत्ता पसल, घडी पसलहरुदेखि लिएर सबै पसलहरु बन्द भईरहेका छन् । अहिलेको मन्त्रीको चालचलन के तिर गयो भन्दा तरकारी, फलफुल, खाद्यान्न बस्तु र उपभोग्य बस्तुमा जानु भन्दा पहिले उसले के सोच्यो भने त्यो धनाढ्यहरुको लागि आवश्यक पर्ने चिजहरुलाई उहाँहरुले ध्यान दिनुभयो । ३००-१००० हजारमा खरिद गरेर ३०००० मा बेच्यो उसले । कसले किन्छ ३०००० को जुत्ता । हामीले एउटा जुत्ता खरिद गर्दा खेरी १०००/१५०० को त किन्दैनौ । ३०००० को धन भएको बुद्धि नभएको मान्छेले किन्न जान्छ । जसले सक्छ, त्यसले खरिद गर्न जानी हो । अहिले २० लाखको रोलेक्स घडी चर्चामा छ । हाम्रो संसद भवनमा पनि त्यो घडी चर्चामा छ । त्यो रोलेक्स घडी लागाउने सर्वसाधारण मान्छे हुन्छ । त्यसकारण यस्तो प्रवृती भएका मन्त्रीहरुलाई बनाई राख्ने यो सरकार तर अहिले सरकारमा राम्रो मान्छे, नराम्रो मान्छे, भ्रस्टचारी बनाएर हामीले के आश्चर्य मान्ने र । मैले अघि शुरुमा भने त्यो जुन चाहिँ कि हाम्रो देशको स्वामित्वलाई ग्रहण गर्न नसक्ने मन्त्री बनेर बसेको छ । यसलाई धेरै कुरामा चर्चा गर्दिन । प्रधानमन्त्रीले गएर भारत भ्रमणमा लम्पसारबाद भएर म फेरि पनि संबिधान संसोधन गर्छु भनेर एउटा अनैतिक खालको, एउटा नैतिक, भ्रष्ट भएको कारणले चाहिँ यो कुनै पनि मान्छेलाई मन्त्री बनाइयो भने हाम्रो आश्चर्य कुरा हुन सक्दैन । त्यसकारण मलाई लागेको कुरा के हो भने यो अहिलेको मन्त्री परिषदमा ५४ जना मन्त्री बनाउदै गरेको अवस्थामा नेपालको इतिहासमा नै ११ जना सांसद बराबर १ मन्त्री बनाउदै गरको स्थितिलाई यो निकम्मा सरकारसँग लम्पसारबाद सरकारसँग यो कुराहरु भन्न मिल्दैन । कुनै एउटा मान्छेलाई भ्रष्टाचार  भएको मान्छेलाई मन्त्री बनाइदियो भने यो के ठुलो आश्चर्य गर्ने कुरा हो र ? यो सिंगै मुलुक नै भ्रष्टाचारमा डुबाउने सरकार छ भने कुनै एउटा भ्रष्ट्राचारी प्रमाणित गरेको अरोपित र नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्ट्राचारको पहिलो अभियानसँग जोडिएको मान्छेलाई नै मन्त्री बनाउनमा हाम्रो केहि भनाई छैन । तर के भने नेपालको दुरगामीको दृष्टिकोणले हेर्ने हो भने राजनीतिक गर्ने मान्छेको बदनाम गर्ने तरिका हो भने, यी यस्ता मान्छेहरुले गरेर नेपाललाई चलाएको छ भने प्रधानमन्त्री भईसकेको हैसियत भएको मान्छेले पनि आफ्नो हैसियत बुझेको छैन । नेपालको इतिहासमा यो कुनै नौलो कुरा हैन, तर पनि नौलो गर्दै जाँदा भ्रष्टाचारले बचाउने अभियान छ, त्यसमा यो जोडिन्छ ।

८. अहिलेसम्म कुनै पनि राजनीतिक दलले संस्थागत रुपमा नेपाल आयल निगमको अनियमितताको विषयमा मुख खोलेर बोलेका छैनन्, यसको कारण के हुन सक्छ ?

यसको कारण अघि मैले मन्त्रीलाई जोडी सके र उदाहरण पनि दिई सके । २० हजारको जुत्ताको पसल कसैले नकिन्ने हामीसँग जरुरतमा नराख्ने, जनसरोकार राख्ने त्यो पनि धनाढ्य, इच्छा भएका मान्छेहरु, सोखका मान्छेहरुलाई त्यस्तो किसिमको सरकारले चाहिँ मन्त्रीले गर्ने क्रियाकलाप छ । त्यसकारण मलाई लाग्छ, सबै पार्टीका मन्त्रीहरु बनेका मन्त्रीहरु, सबैभन्दा दायित्व भनेको चाहिँ पार्टीका मन्त्रीहरुले हो । जो-जोसले सरकारमा बसेका मन्त्रीहरुको दायित्वभित्र पर्छ, त्यो पनि पार्टीहरु कति जोडेर बनेका छन् भन्ने  त्यो बुझ्नुपर्यो । र प्रतिपक्षको हिसाब-किताब पनि समग्र देश र पार्टीहरुको हिसाब-किताब गर्ने हो भने मलाई लाग्छ यो कुरा म पनि एउटा नेकपा एमालेको चाहिँ पार्टीको सांसद हो त्यसकारण मैले उजागरण गरेको पार्टीले उजागरण नै गरेन भन्ने कुराहरु जोड्न मिल्दैन यसमा र हामीले एउटा टिमले काम गरिरहेको हामी उपसमितिले भएपनि गरिरहेका छौ । नेकपा एमालेका, माओबादीका र काङ्ग्रेसका पनि साथीहरु पनि रहेका छन् । तर व्यक्तिगत र अधिकारिक रुपले मान्ने कि नमान्ने भन्दा हामी पनि यसका सांसद नै हौ । यसका आधिकारिकता प्राप्त गर्नको लागि हामी सबै अगाडी बढ्नुपर्छ । मलाई लाग्छ हामीले गरेका क्रियाकलापहरु पार्टी भित्रको पनि चलखेलसँग, पार्टीलाई पनि साथ दिनका लागि हामी पार्टीको सांसद भएको हुनाले यो पार्टीलाई अलिकति नबुझ्दा बेस होला । कसैले होला केहि लाभका कुराहरु गरेका होलान । त्यसकारण म के भन्छु पार्टीका विशेषलाई किन बोलेन भन्दा पनि अहिले पनि म सम्झनाको लागि भन्छु । अहिले पनि संसदमा सार्बजनिक महत्वको एउटा दर्ता भएको छ । संसद अलिकति चासो नभएको पनि हैन । सम्बन्धित निकायको चाहिँ जुन गर्नुपर्ने कारबाही हो, अहिले तत्काललाई मन्त्रीले चाह्यो भने चाहिँ कुनै पनि मान्छेलाई तत्काल लगेर निलम्बित गर्नसक्छ । कारबाहीको लागि खडा गर्नसक्छ । मैले किन गर्दैन त भन्दा खेरी कुनै एउटा काल आयो भने जस्तै कुरा हो । त्यसकारण यसलाई अन्यथा हैन कि मन्त्रीमा भएका मान्छेहरुलाई निलम्बन गर्ने निकायमा बसेका मान्छेहरुको सबैभन्दा समस्या छ । यो समस्यालाई हल गर्न प्रधानमन्त्रीबाट नै बाधक छ भन्ने ठान्छु । देशमा सरकारको नेतृत्व प्रधानमन्त्रीले त नैतिकता हिसाबले बसिरहन मिल्दैन । यत्रो भ्रष्टाचारको कुराहरु आईरहेको बेलामा वास्ता गर्दैन भने यो सरकारको दायित्वभित्र पर्छ र सम्बन्धित निकायको र सम्बन्धित अख्तियारसम्म पनि यसले जोड्छ र सम्बन्धित लेखा समितिले पनि जोड्छ र यसलाई अर्थ समितिले पनि जोड्छ । यी सबैको जिम्मेवारी सबैभन्दा महत्वपूर्ण भूमिकामा जानुपर्ने कुराहरु छ । यसकारण म अरु ठाउँबाट औला देखाउने भन्दा सम्बन्धित निकायले यसको जिम्मेवारी पुरा गरोस् भन्छु ।

९. तपाईहरूलाई यो विषय थामथुम गरौ भन्ने ढंगले केहि कुराहरु आएन ?

धेरै ढंगले कुरा आएको छ । यो बिषय त भनेर साध्य नै छैन । तपाईसँग कुरा गर्दै अर्को साथीले यसले बिगार्दै एक्लैले यत्रो बिधि हुटिटयाउ जस्तै किन आकाश नै थाम्न लागेको हो भन्ने कुराहरु गर्नु भएको छ । यसरी हुन्छ र भन्ने धेरैको प्रश्न छ । पत्रकारहरु जसरी तपाईले कुरा उठाउनुभयो । तर कार्यन्वयन भएन भने के हुन्छ ? यो बिषयले पनि यहाँ चर्चाको बिषय पाएको छ । त्यसकारण धेरै कोणबाट यसको विशेषतालाई यहाँ जोड्ने कुरा भईरहेको छ । त्यो विशेषतालाई तपाइले बुझ्नुपर्छ, नेपाली जनताले र नेपालको भविष्यलाई जोड्ने कुरा एउटा सबै देशभक्ती जनताले बुझ्नुपर्ने कुरा छ । भ्रष्टाचार भनेको यो मुलुक भबिष्यसँग जोडिएको एउटा ठुलो रोग हो । यो रोगलाई हामीले हटाउन सकिएन भने हाम्रो भबिष्य सपार्न सक्दैनौ । त्यसको लागि यो धम्की, डर, त्रास भन्दा पनि मलाई लाग्छ हामी त के भन्दा कमसेकम हिजो गणतन्त्र ल्याउनको लागि गएको भए हामी गोली लगेर मर्ने थियौ । त्यो कुनै वास्ता नगरी हिड्ने कार्यकर्ता पर्यौ । अहिले हामी बाचौ सांसद जनताले बनाइदिए, यो आधारमा कसैले धम्काएर हामी भाग्ने कुरा चाहिँ छैनौ ।

१०.  आयल निगमको जग्गा प्रकरण अनुगमनपछी समिती लगायत अन्य संचार माध्यममा बोलेपछी तपाईहरुले आफ्नो ज्यानमाथि खतरा भएको बताउनु भएको छ  । केहि धम्कीहरु आएका थिए ? यस्तो विषयमा बोल्दा तपाइँले केही असुरक्षाको महसूस गरिरहनुभएको छ र ?

२०० करोड भनेको तपाई, हामीले र नेपाली जनताले देख्न पाउदैन । यत्रो घोटाला भईरहेको छ भन्ने कुरा गर्दा जनताले सुसुचित हुने अधिकारलाई प्राप्त गर्नको लागि यो ज्यान जान्छ भने केहि आपत्ति छैन र कसैले धम्क्यायो भन्दैमा मैले अघि नै पनि भनिसके यो जोड्दा के भन्दा त्यो आन्दोलनको वीचमा त्यत्रो भुमरीमा जाँदा को को थियो को को छैन भन्ने कुरा थाहा नहुदा त हामीले चाहिँ गणतन्त्रको लागि लडाई लड्यौ भने अहिले त जाना जानी नै २०० करोडको जग्गाको घोटाला हुन लागिरहेको छ । जनताले सुसूचित हुनुपर्ने भन्ने आसयका साथ बोलिरहदा डर र त्रास भन्ने कुरा त बास्तबमा यो तुच्छ भईसक्यो । त्यसकारण यसलाई अन्यथा कुरा हैन कि जनताको वीचमा रहेर देश र जनताका लागि गरिरहेका मान्छेहरु एउटा पहिचान हुन् । त्योमध्ये पहिचानको लागि हामी पनि लाग्नुपर्यो । यसको लागि सहयोगी हातहरु पनि हुनुपर्यो । भ्रष्टाचार सम्वन्धी संघसंस्थाहरु छन् । भ्रष्टाचारका बिरुद्ध टुवीटर, फेसबुक चलाउनेहरु धेरै छन् । यी संजालहरु चलाउनेहरुमा पनि एकमत हुनुपर्यो । यो उ हैन कि यो मुलुक र जनताका लागि हामीले सोच्नुपर्छ र भ्रष्टाचार भनेको यो मुलुकलाई अन्धकारतिर लैजाने चिज हो । यसलाई समाप्त गर्न सकियो भने २/४ जनाको मिलेमत्तोले यो देश भासिन सक्दैन भन्ने कुराहरु हामीले महसुस गराउनुपर्यो ।

११. संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भने लामो समयदेखि बाहिर बाहिरै हुनुको कारण के होला ?

हाम्रो सभापतिको कुरा गर्नु भयो तपाईले हामी अब समितिको बैठक बस्दैछौ । यो समितिको बैठकमा हाम्रो प्रतिबेदन हामीले प्रस्तुत गर्दैछौ । प्रतिबेदनपछि हामीले दिने कुरा सरकारलाई नै दिने हो, सम्बन्धित मन्त्रालयलाई नै दिने हो, अख्तियारलाई दिने हो । हामीले दिएर पनि काम भएन भने हाम्रो सभापती बाहिर बाहिर डुलिरहेको कुरा चाहिँ हुन्छ । हामी ७ गते गएर ९ गते फर्केका हौ । अहिले यति दिन बिती सक्दा पनि हामीले लेख्दा-लेख्दै पनि यो भएको हो । यसलाई हिजोदेखि समाधान निकाल्न खोजेको हो । बैठकले पनि एउटा निष्कासन ल्याउछ । यो चाहिँ एउटा अमुक नाम भन्दा पनि कुनै सभापतिको भन्दा पनि हामीले यत्रो दिन भईसक्यो, यसलाई अलिकति पहल गरेर छिट्टै बैठक बसेर यसको निकास चाडै आए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।

१२. नेपाल आयल निगमको जग्गा खरिदमा देखिएको अनियमितताको बारेमा सही निर्णय आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

सहि निर्णय आउने भनेको एउटा मात्र म के अनुरोध गर्न चाहन्छु भने सम्पूर्ण आम जनतासँग अनुरोध पनि हो कि हामी निराशाबादी हैनौ । हामी आशावादी पनि हौ र हामीले एउटा निकास निकाल्ने एउटा पहल पनि हो । तपाईहरुलाई एउटा सम्झना पनि दिलाउन चाहन्छु । आजसम्म सुडान घोटाला प्रकरण भनेको १२ बर्षसम्म लाएर पुरा भएको थियो । तर तपाईहरुले के कानुन रहिछ भन्ने कुरा त हामीले बुझौ । अहिले त्यहीं ३ जना आईजीपी नै जेलमा छन् । मेरो भनाई भनेको आशावादीलाई हामीले निराशावादीमा बदल्न हुदैन र सबैको सहयोग र साथ रहयो भने हामीले निष्काशन पनि गर्नुपर्छ सामाजिक बहिष्कारसम्म पनि गर्ने अवस्था आउन सक्छ र तपईहरुलाई मेरो के अनुरोध छ भने मेरो संसदको हिसाबले तत्काल उहाँहरुको बिचमा के कुरा राख्छु भने आज सांसद भित्र चाहिँ नचाहिदो प्रकारमा मार्सल लगाउन पर्यो तर भ्रष्टाचार बिरुद्धको कुरा उठायो भनेर मार्सल लगायो भने पहिलो पटक हुन्छ होला यो । त्यसकारण यो कुराको प्रतिबद्धता म जनाउछु र यो मार्सल लगाउदा तपाइले हेर्नुभयो कि हेर्नुहोला टेलिभिजन हेर्नुहोला, समाचार हेर्नुहोला, साथीभाईको बिचमा कुराहरु आउला त्यो दिनमा तपाईहरुले मार्सल लगाएर फलानो सांसदले यसरी चाहिँ भ्रष्टाचार बिरुद्धको कुरा उठाउदा मार्सल लगायो भन्ने कुरा मेडियामा आउनसक्छ । त्यसकारण यो संसदभित्रको यो प्रवेशलाई अब ढोका खोली सकेको छ । हामी चाडो भन्दा चाडो प्रतिबेदन बुझाउछौ । प्रतिबेदन प्रक्रियामा छ र यस सरकारको मन्त्री र सरकार हुदै फेरी संसदमा आयो भने यो बिषयलाई कारबाही गराएरै छोड्नेवाला छौ । यो मेरो प्रतिबद्धता छ ।

१३.  अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनताहरुलाई के शन्देश दिन चाहनुहुन्छ ?

म यो नेपालपत्र मार्फत आम नेपाली जनतालाई के भन्छु भने हामी एक भयौ भने त्यो बम हुन्छ । अनि हामी नै छुट्टिएर बस्यौ भने भ्रष्टाचारीहरुको लागि यो मलजल गरे जस्तै हुन्छ । यो भ्रष्टाचारीको मलजललाई हामीले उजागरण गर्ने कि यसलाई लुकाउने भन्ने यो हाम्रो वीचमा छ । त्यसकारण मेरो त केहि पनि हुदैन कि भन्ने हैन, तपाईको एउटा आवाजले लाग्छ यो भ्रष्टाचारी कानको पर्दा फाट्न सक्छ । तपाईको एउटा आवाजले यो मुलुकको प्रधानमन्त्रीको कुर्ची हल्लिन सक्छ र आउने मान्छेलाई सचेत गराउन सक्छ । यो साचेर गराउनको लागि हाम्रो आवाज आवश्यक छ किनभने हामी नेपालीहरुको बल र एकता यति छ कि हामीले २४० बर्षको राजसस्थानलाई समाप्त गरिसकेका छौ र मुलुकको तानाशाही हल्लाउनेलाई पनि हामीले हराएर त्यो स्थितिमा पुर्याईएकोले एक चोटीको भ्रमले यो देश चल्दैन भन्ने हामीमा मानसिकता हुनपर्यो । साच्चिनै नेपाली जनताको एउटा उज्वल भविष्यको कल्पना गर्ने हो भने हामीहरु एकतामा जुट्नुपर्छ । मेरो बिचारमा मैले गरेको कुरा ठिक छ, यो कुरालाई चाहिँ भ्रष्टाचारी बिरुद्धको अभियान हो भन्ने कुराहरु लाग्नुपर्छ । त्यो भ्रष्टाचारी को हो भनेर खोज्नु भएन । मेरो को पर्छ भन्ने कुरामा जानु भएन । सरकार कुन-कति बलियो भनेर हेर्नु भएन । यदि हामी बलियो भयौ भने २४० बर्षको राजतन्त्र समाप्त गर्न सक्छौ भने यस्ता २/४ जना भुसुना भ्रष्टाचारीलाई समाप्त गर्न केहि ठुलो कुरा भएन भन्ने हाम्रो अभियानसँग हामी सबै नेपाली जनताले हातेमालो गर्न सकेको खण्डमा न हाम्रो विखण्डनकारीको जित हुन्छ न यो जातको कुरा गर्नेहरुको जित हुन्छ न कुनै एउटा अखण्डताको कुरा लिएर हिड्ने मान्छेहरुको जित हुन्छ । नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा भएको अनियमितताको बारेमा क्याबिनेटवाट कारवाही नभएमा भ्रष्टाचारको संरक्षण गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । यसकारण यो सबैको जित, नेपालीहरुको जितको लागि तपाई हामी मिल्नुपर्छ भन्ने मेरो अभियानसँग यो भ्रष्टाचारी बिरुद्धको कुराहरुलाई तपाईहरुले सुन्दिनुहुन्छ र यसलाई सहयोग गर्दिनुस् भन्ने अनुरोध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !