१५ बैशाख २०८१, शनिबार

काठमाण्डाै महानगरका मेयरसाब, कहिले बन्छ स्मार्ट सिटी?


Editorial

नेपालपत्र, २७ वैशाख २०७५ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय निकायकाे प्रमुख भएकाे एक वर्ष पुग्ने समय हुन लाग्याे । स्थानीय तहकाे चुनाव अगाडि मेयरसाबले स्मार्ट सिटी बनाउने सयदिनकाे कार्यसुची समावेश गरेर घाेषणा पत्रलाई विश्वास गरेर काठमाण्डा‌ैवासीले भाेट गरे ।

चुनाव अगाडि गरिएका वाचालाई मेयर शाक्यले केही समयसम्म दाेहाेर्याइ पनि रहे तर जब जब समय नजिक अाउँदै गयाे तब मेयरसावकाे वचन सुन्न छाेडियाे । सय दिनमा गरिने कार्यकाे सुची अनुसार जनताले अपेक्षा गरेका खासै केही पनि काम भएका छैनन् तर नि महानगर भने ठूलाे उपलब्धी गरेकाे दावी गर्छ ।

मेयर शाक्यले बाढेकाे सपनाले नगरवासी खुसी मात्रै हाेइनन् , मेयर विद्यासुन्दरवाट ठूलाे अपेक्षा पनि थियाे । तर यतिका समय वितिसक्दासमेत मेयरले जनताकाे अपेक्षा पूरा गर्न सकेनन् । अाशाकाे किरण छर्न समेत असफल भएका छन् ।

मेयरसावकाे पदावधी समयचाहिँ वाँकी छ तर यस्त‌ै गतिमा अगाडि बढेमा चाहिँ सय दिनमा पूरा गर्छु भनेका मेयरले पूरा कार्यकालमा समेत पूरा गर्न नसक्ने निश्चित छ । त्यहि पनि अन्तिम समयसम्म अाशा र खबरदारी गर्न छाेड्नु हुन्न ।

मेयरसावले समेत अाफूले वाचा गरेर पदमा पुगेकाे अवस्थालाई नविर्सी जनताकाे अपेक्षा र उनीहरूलाई गरेकाे वाचा पूरा गर्न तर्फ अब ढिला नगरी साेच्ने बेला भईसकेकाे छ ।

मेयर शाक्यले चुनावका बेला स्मार्ट सिटी बनाउन चालिने कदम र काठमाण्डाैलाई नमुना महानगर बनाउने र विकासकाे ढाेका खेलेर व्यवस्थित बनाउने याेजना थियाे जुन बाेलीमा अडिग भएपनि व्यवहारमा चाहिँ खासै केही देखिदैन । करिब एक वर्षकाे समय बित्न लागेकाे छ तर स्मार्ट सिटी बनाउने प्रकृया सुरू भएकाे पाइदैन ।

तर मेयर शाक्यले अबपनि यस विषयमा गम्भीर भएनन् भने अबकाे केही समयपछि मेयर शाक्यकाे विराेध सुरू हुन सक्नेछ । त्यसैले अब मेयरसाबले अाफ्नाे वाचालाई पुन स्मरण गरेर उद्देश्य प्राप्ति गर्न कुनै ढिलाे नगरी अगाडि बढेमा केही समयमा मेयरकाे घाेषणाले कार्यन्वयनकाे बाटाे समात्न सक्ने अाशा गर्न सकिन्छ तर भर पर्ने अवस्था चाहिँ छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !