१९ बैशाख २०८१, बुधबार

चेतनाको वीजारोपण गरौँ


चेतनाको वीजारोपण गरौँ
शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

त्यो चन्द्रमाको कस्तो अति शान्त ज्योति !
त्यो सूर्यले जगमग बनि फाल्छ मोति !!१

त्यो हिमाल सुन्दर छ यो जगतै भरिको !
यी नदिहरुमा पनि त कति छ जगमग ज्योति !!२

यो देश हाम्रो हो है पुर्खाको पनि नासो !
जन्म भूमिलाई नथापौँ है छिमेकमा पासो !!३

कति वीर जन्मे यो भूमि लाई जोगाउन् !
कतिले मृत्यु चाखे देशमा स्वतन्त्रता ल्याउन !!४

कति निर्दोष सन्तानलाई त्यागिन धराले !
कति रक्त चोखो रुँदै पिइन यी धराले !!५

लोकतन्त्र आउँछ रे नेपालीहरुलाई !
भन्ने झुठा शव्द सुनिन् यी धराले !!६

यो सूर्यको झुल्को झुल्कने सुन्दर देशमा !
यो चन्द्रमाले शोभायमान सुन्दर शान्त आकासमा !!७

न त देश नै बन्यो; न कानुन कुमै निर्माण भो !
न त जनता हाँसे; न लोकतन्त्र यो देशमा आयो !!८

न संसदमा बस्नेलाई चेतना कुनै पलायो !!
न विद्वानले यो देशको सत्ता चलायो !!९

अव चेतनाको विजारोपण हामी नै गरौँ !
यो राष्ट्र बनाऔँ नेपालीको जीवन हामी मिलेर सपारौँ !!१०

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता, शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाले धेरै नेपालीको मन जितेका छन । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !