१४ बैशाख २०८१, शुक्रबार

मलाई माया गर्छु भन्ने ए मान्छे


Gajal

यसरी नै सधै भरि माया गर्न सक्छौ के?

बसन्त र बहार मात्रै हैन यो जीवन
चल्ने गर्छ यदाकदा होस् उडाउने तुफान,
खुसीमा मुहार भरि मुस्कान दिए जस्तै
दुख पर्दा काखमा शिर राख्न दिन्छौ के?

जुन भनि फुल भनि तिमीलाई बोलाउँला
रिसाउदै बिनाकारण चित्त दुखाउला,
मिठा-मिठा पहिलेका कुरा मनमा खेलाउदै
कहिलेकहिको झर्को फर्को सहन सक्छौ के?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !