१५ बैशाख २०८१, शनिबार

गजल


someone people
prashanta dongol
प्रशान्त डंगोल

एक्लै कयौं सपना राखेर, थाकी हिडेको छु ।
दौउरनमा डाँडाकाँडा चहारी हिडेको छु ।।

साहित्य दुनियाँ जगाउन आज सम्म पनि ।
वाल्मीकि, सेक्स्पियर झैँ, आँटी हिडेको छु ।।

सध्दहस्त साहित्यकारको गल्लि गल्लिमा ।
भिरी तलवारको माला, घाँटी हिडेको छु ।।

मान्यवरसँग भलाधी सम्वाद आँखा जुधाई ।
शब्द, गोली बारूदसँग साटी, साँटी हिडेको छु ।।

सत्य लुकाउनु हुन्न भन्ने ध्येय बाबा आमाको ।
वीच वाटैमा कयौं सुतेको आज, ढाँटी हिडेको छु ।।

न आयो काल लिन मलाई न सदभाव नै ।
बिना रक्सि तालमा आफै, माक्ति हिडेको छु ।।

* गजल यात्राको छोटो समयमा नै गजल संग्रह निकाल्नु सानो कुरा होइन । हाइकु विधामा नेपाली साहित्य भण्डारमा कृति भण्डार गरिसकेका प्रशान्त डंगोलका गजलहरु एक परिपक्व साहित्यकारका भन्दा कमी देखिदैनन् । उनले गुतिका फूलहरु(हाइकु संग्रह), शिवपुर खटिका(हाइकु संग्रह) र कल्पना हराकको छ आज(तपाईको हातमा) जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !