१४ बैशाख २०८१, शुक्रबार

गजल – लोकतन्त्र


देशको विकास निकासमा लाग्नुपर्छ लोकतन्त्रले ।
जनताबाट सच्चा विचार माग्नुपर्छ लोकतन्त्रले ।।

शहिदको भावनाको कदर गर्न सक्दैन भने ।
खबरदार ! रातारात भाग्नुपर्छ लोकतन्त्रले ।।

देशले कति खप्नुपर्ने फटाहाको मनोमानी ।
अशान्ति र हत्या, हिँसा नाघ्नुपर्छ लोकतन्त्रले ।।

हिमाल, पहाड, तराईको तल फेदी सम्म ।
समानरुपले सबैलाई हेरी जाग्नुपर्छ लोकतन्त्रले ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !