१५ बैशाख २०८१, शनिबार

क्षमा मागौँ न प्यारो देश सित


क्षमा मागौँ न प्यारो देश सित शोभा खतिवडा काफ्ले

म शिरमा नै सजाऊँ

मेरो प्यारो देशलाई !

म पाउमा पूजा गरौँ;

मेरो यो देशको समाई  !!१

 

म क्षमा नै मागौँ कि ;

मेरो प्यारो राष्ट्रसित !

अव गर्छु म यो देशको ;

भनि हरपल नै हित !! २

 

अव त क्षमा ना मागौँ;

यो हाम्रो भूमि सित !

अनि क्षमा मागौँ न;

नेपाली जनतासित !! ३

 

मलाई ज्यान भन्दा नि;

प्यारो छ यो जन्म भूमि !

मेरो देशको हित अव म;

चिताऊँ हरेक जूनि जूनि !! ४

 

बाचा नि धेरै नै गरेँ मैले;

धेरै नै ढाँटे यो देशलाई !

कस्तो सुन्दर पार्छु भन्दै ;

यस्तो पारेँ यो देशलाई !! ५

 

अव सत्य कर्म गरेर म;

क्ष्यमा मागौँ यो देशलाई !

नेपालको स्वरुप फेरी कन

सुन्दर पारौँ म यो देशलाई  !! ६

 

मैले हिमाल पनि चिनिन रे;

पाहाडको सुन्दरता देखिन रे !

तराईमा सुन फल्छ भन्ने कुरा;

कहिले मैले बुझिन पो अरे !! ७

 

* शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !