१८ बैशाख २०८१, मंगलबार

Tag: मुम्बई

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

मोरङ । विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल हुनुभएको छ । दश वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका युवा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थाल्नुभएको थियो ।