१४ बैशाख २०८१, शुक्रबार

आज जेठ २९ गते बिहीबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

जेठ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !