१४ बैशाख २०८१, शुक्रबार

भारतमा शक्तिशाली चक्रवात निसर्ग आउँदै


चक्रवात

काठमाडौं, जेठ २२ । भारतमा ‘अंपुन’ चक्रावत आएको २ साता नवित्दै अर्को शक्तिशाली चक्रवात ‘निसर्ग’ को खतरा उच्च भएको छ । भारतको पश्चिम तटीय क्षेत्रमा आउन लागेको ‘निसर्ग’ चक्रवात ‘अंपुन’ चक्रावतको तुलनामा केही कमजोर भए पनि तीब्र गतिको हावाहुरीसहित वर्षा हुने र केही स्थानमा भूस्खलन समेत हुने भारतीय मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।

अरब सागरमा तिब्र गतिमा चलिरहेको हावा चार किलोमिटर प्रति घण्टाका दरले उत्तरतर्फ अघि बढिरहेको र निसर्ग चक्रवातले उत्पन्न हावाहुरी मुंबइको तटीय र गुजरात सुरतको दक्षिण पश्चिमी क्षेत्रको नजिक आइपुगेको छ । उक्त चक्रवातको प्रभाव महाराष्ट्रको उत्तरी क्षेत्र र गुजरातको दक्षिणी क्षेत्रमा बुधबार देखिने भएकाले सतर्क रहन भारतीय मौसम विभागले चेतावनी दिएको छ ।

चक्रवात निगर्सले उग्र रुप लिंदा हावाको गति १०५ देखि ११५ किलोमिटर प्रति घण्टाको गतिमा रहनेछ भने बुधबार बढेर १२५ किलोमिटर प्रति घण्टा पुग्नेछ । भारतीय मौसम विभागका अनुसार जुन ४ मा चक्रवात निसर्गको गति घटेर ६० देखि ७० किलोमिटर प्रति घण्टा हुने छ ।

महाराष्ट्र सरकारले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै मुंबई र आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !