२३ बैशाख २०८१, आइतबार

फेरि आयो अर्को चक्रवात : समयमै मनसुन शुरु हुने मौसमविद्को आशा


चक्रवात

काठमाडाैँ, जेठ । केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् ।

यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिनेछ ।

उक्त चक्रवात उत्तर-उत्तर पूर्व तर्फ सर्ने क्रममा नेपालको केही स्थानहरूमा आगामी २२ देखि २४ जेठसम्म (जुन ४, ५ र ६) मा वर्षा हुनसक्ने सम्भावना छ साथै पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !