१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आज बैशाख २८ गते आईतबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ ।

हालको मौसमको अवस्था

हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेध गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ । पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमका भू-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !