१४ बैशाख २०८१, शुक्रबार

मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा भइरहेको छ ।

दिउँसो

देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !