९ जेष्ठ २०८१, बुधबार

मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।

हालको मौसमको अवस्था

हाल देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक बदली रहेको छ।पुर्वी र मध्य भू-भागको केहि स्थानहरुमा वर्षा भइरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !