२४ बैशाख २०८१, सोमबार

यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभाग आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ । हाल मध्य भू-भागमा हल्का बर्षा भैरहेको छ ।

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

राती

देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !