२३ बैशाख २०८१, आइतबार

यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

चैत्र २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !