२३ बैशाख २०८१, आइतबार

आजको मौसम पूर्वानुमान


आजको मौसम

चैत्र २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशका पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !