२४ बैशाख २०८१, सोमबार

आजको मौसम : पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली, पश्चिमी पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षा, बाँकी भू-भागमा मौसम सफा


आजको मौसम

चैत्र २३ गते, काठमाडौँ । आजको मौसम : पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली, पश्चिमी पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षा, बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सार्वजनिक गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही वांकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !