२३ बैशाख २०८१, आइतबार

आजको मौसम : पहाडमा आँशिक बदली, अपरान्ह थोरै स्थानमा मेघ गर्जन, हावाहुरी तथा असिना सहित वर्षा


आजको मौसम

चैत २०, काठमाडौँ । पहाडमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानिय वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !