२३ बैशाख २०८१, आइतबार

हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

चैत १९, काठमाडौँ । हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिम भू-भागमा आँशिक देखि सामान्य बदली तथा पुर्वी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !