२१ बैशाख २०८१, शुक्रबार

आजको मौसम : मेघ गर्जन तथा हावाहुरीसहित हिमाली भू-भागका हिमपातको सम्भावना


आजको मौसम

चैत १४, काठमाडौँ । आजको मौसम : मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरीसहित हिमाली भू-भागका हिमपातको सम्भावना ! जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी भू-भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो

देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती

देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !