११ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

२०८० भदौ १० गते (आइतबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

२०८० भदौ ११ गते (सोमबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० भदौ १२ गते (मंगलबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।

साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !