१५ बैशाख २०८१, शनिबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, चैत ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ ।

२०७९ चैत ७ गते (मंगलबार) 

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत ८ गते (बुधवार)

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत ९ गते (बिहिवार)

दिउँसो

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भु-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !