१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, मंसिर १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भुभागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ मंसिर १० गते (शनिबार)

दिउँसो

देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर ११ गते (आईतबार)

दिउँसो

प्रदेश नं १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर १२ गते (सोमबार)

दिउँसो

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराई भु-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !